Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रसुवामा नक्कली नोटसहित तीनजना पक्राउ

२२ कार्तिक, रसुवा : प्रहरीले रसुवाबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

पक्राउ पर्नेहरुमा नुवाकोटको ककनी गाउँपालिका–६ का बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका–८ का मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन्।

प्रहरीले होटेलबाटै नक्कली नोटसहित उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्की भित्र रहेको रातो रंगको छालाको झोला भित्र एक हजार र पाँच सयको नेपाली नोट राखि तल कागज तथा पत्रिकाहरू पैसाको आकारमा काटी कागज राखेर बनाईएको पैसाको विटो जस्तो देखिने बण्डल, कैची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोवाईल पाँच थान र स्कुटरसहित निजहरुलाई नियन्त्रणमा लिइएको हो।

उनिहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद दिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP