Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

६ मंसिर, काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए।

उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए। उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए।

उनले भने, ‘बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ। गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ। चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तिकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरु रहेका छन्। भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन्। नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त हुनसक्छ। बिआरआईलाई थप गति दिन आवश्यक छ।’

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP