Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ शुरु

काठमाडौँ : सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाइ प्रक्रिया शुरु भएको छ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिश गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना‚ सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको हो।

प्रस्तावित राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गरिएकाहरुका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिए।

उनले भने, ‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिश व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदको लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्ने प्रस्ताव प्रस्तुत गर्दछु। सुनुवाईको लागि समितिमा प्राप्त राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा प्रस्तावित व्यक्तिका नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

न्यायपरिषद्को गत मंसिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुंगाना तथा कानून व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो।

त्यसैगरी मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदूतको रुपमा नियुक्ति गर्ने सिफारिश गरेको थियो। साथै बैठकले मन्त्रिपरिषद्ले सिफारिश गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ।

संसदीय सुनुवाई समितिको अनुमोदन गरेपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP