Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

कोप–२८ मा माग्ने होइन‚ योद्धाका रुपमा प्रस्तुत हुन्छौं : प्रचण्ड

९ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्।

विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरूका कारण अतिकम विकसित देशहरूले अनाहकमा क्षति बेहोर्नु परेको बताए।

हरित गृह ग्यासका कारण अविकसित र अल्पविकसित मुलुकको पर्यावरणमा पुगेको क्षति रोक्न क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म एक सय विलियन डलर उपलब्ध गराउने भनिए पनि रकम जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले औंल्याएको उनले बताए।

‘यो पटकको कोप-२८ मा हामी हामीले दुःख पायौँ। हामीलाई यति चाहियो भनेर माग्नेका रुपमा प्रस्तुत हुँदैनौँ।’ प्रचण्डले भने, ‘यो हाम्रो अधिकार हो। हामीले नगरेको कामको दण्ड भोग्नुपर्ने वाध्यता किन आइलाग्यो? यसको लागि जिम्मेवार को छ ? तपाईंहरुले गरेको प्रतिवद्धता पूरा गर्ने कि नगर्ने ? भनेर आफ्नो अधिकार स्थापितको लडाईंको रुपमा हामी प्रस्तुत हुनुपर्नेछ। यो पटकको कोप २८ मा हामी योद्धाका रुपमा प्रस्तुत हुने हो ।’

अति कम विकसित देशहरूको अध्यक्ष राष्ट्र भएकाले ४७ देशको प्रतिनिधित्व गर्नुपर्ने भन्दै प्रचण्डले कोप-२८ लाई अधिकार स्थापित गर्ने संघर्षका रुपमा लिएकाे बताए।

मंसिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स युएईमा हुने कोप-२८ मा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल सहभागी हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP