Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव

९ मंसिर, काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९औँ स्थापना दिवस र २९ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढिरहकोप्रति दुःख व्यक्त गरे।

उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको बताए।

उनले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताए। उनले चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएको बताए। उनले मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताए।

उनले भने, ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो। पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको छ। जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन्। सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन्। चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन। तसर्थ चुरे क्षेत्रको वन तराई, मधेश समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ। मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो छ। गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय हो।’

उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP