Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन्।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामरूले सोचेभन्दा बलियो रहेको बताए।

उनले राजनीतिमा धेरै खाले अप्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए। उनले लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानूनी शासनमा विश्वास गर्दछ। त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रूपमा प्रत्याभूति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध छ। जनताबाट स्थापित यो सिस्टम यो यति कमजोर छैन। जसले जानीजानी बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिनँ भन्नेलाई छुट दिन सकिँदैन तर कोसिस गर्दागर्दै पनि समस्यामा परेकालाई राज्यले हेर्नुपर्छ।’

अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीका बारेमा छलफल भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP