Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

काँग्रेस सरकारमा भएका वेला यति धेरै कुशासन किन ? : गगन थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनता कुशासनका कारण आक्रान्त भएको बताएका छन्।​

आइतवार नेपाली काँग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट जनता वाक्कदिक्क भएको बताए।

उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताए। उनले काँग्रेस सरकारमा भएका वेला यति धेरै कुशासनका घटना किन भइरहेको भन्दै प्रश्न गरे।

उनले भने, ‘एउटा नागरिकलाई गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी कुशासनले आजित छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो। सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। यो काण्ड कुशासनसँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासनका निम्ति जन्मिएको पार्टी हो। हामी सरकारमा भएका वेला र सबैभन्दा प्रभावशाली भएका वेला कुशासनका यति धेरै घटना किन भइरहेका छन्। यति धेरै काण्ड किन भइरहेका छन् ? नेपाल पुकार त्यसको जरामा पुग्नुपर्छ।’

महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP