Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

आजियाटाविरुद्ध सर्वोच्चमा दायर रिट हेर्न नभ्याइनेमा

काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो। प्रतिनिधिसभाका सांसद अमरेश सिंहले एनसेल आजियाटाको ८० प्रतिशत शेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

यसैबीच सांसद सिंहले प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालले व्यापारीसँग पैसा लिएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले दाहालको नामै किटेर व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका हुन्।

सांसद सिंहको आरोपप्रति आपत्ति जनाउँदै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले प्रमाण पेश गर्न सामाजिक सञ्जालमार्फत चुनौती दिएकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP