Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

हिंसा रोक्ने कानून धेरै बने तर लागू भएन : उपसभामुख

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन्।

सोमवार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उनले समतामूलक समाज निर्माणमा सबै लाग्नुपर्ने बताइन्। बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने उनले बताइन्।

उनले महिला हिंसासम्बन्धी धेरै कानून बनेका तर कार्यान्वयनको पाटो कमजोर रहेको भन्दै चिन्ता प्रकट गरिन्।

उनले भनिन्, ‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । महिला हिंसासम्बन्धी मात्रै धेरै कानून बने तर कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन ।’

उपसभामुख रानाले महिलाका अधिकारबारेका आवाज सशक्त किसिमले उठाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP