काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ।
अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे।
उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए।
उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए।
उनले भने, ‘संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निस्कर्ष रहेको छ। राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना यदी राजनीतिक दलहरु तयार हुने हो भने आन्दोलन नै अन्तिम विकल्प हो।’
थापाले असफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।a
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया