२७ मंसिर, खोटाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन्।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ आइपुगेका ओलीले बुधवार बिहान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ मा अवस्थित उक्त खानेपानी योजनाको उद्घाटन गरेका हुन्।
कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो। आयोजनाबाट ४२० घरधुरी लाभान्वित छन्। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया