Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गयो

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ ।

कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उहाँको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उहाँको रिपोर्ट कोरोना पोजेटिभ आएको उज्यालोलाई जानकारी दिनुभयो ।

तर यस बारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गर्न बाँकी छ ।  कोरोना पोजेटिभ रिपोर्ट आएपछि किस्ट अस्पताललाई उच्च निगरानीमा राखिएको छ । 

उहाँलाई ११ गते अल्कोहलिक लिभर डिजिज भएपछि उपचारको लागि पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको नभएपछि किस्टमा रिफर गरिएको थियो । उपचारकै क्रममा उहाँको बुधबार निधन भएको हो ।

यो सँगै नेपालमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चारजनाको ज्यान गएको थियो  ।  नेपालमा अहिलेसम्म ८ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ सय ८३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP