काठमाडौँ । लिम्पियाधुरा ,लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा जारीपछि निशान छाप परिवर्तनका लागि गर्न लागिएको संविधान संशोधनमा राष्ट्रिय एकता नजुट्ने संकेत देखिएको छ । सुरुदेखी नै संविधानप्रति असन्तुष्टी जनाउदै आएका मधेश केन्द्रित दलका नेताहरुले पछिल्लो समयमा आएर आफ्ना मागसहित प्याकेजमा संशोधन माग उठाउने भएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै जनता समाजवादी नेपाल पार्टीका शिर्ष नेता राजेन्द्र महतोले सवै जनताको स्र्ववीकार्य संविधान नभए सम्म राष्ट्रियता बलियो नहुने र अहिलेको परिवेशमा सीमा मात्रै राष्ट्रियताको विषय बन्न नसक्ने बताउनुभएको छ ।
उहाँले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने अवस्थामा ७० वर्षपछि संविधानसभा मार्फत बनेको सातौ संविधानमा शासकहरुले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडी जान खोजेको ओरोप लगाउनुभयो ।
अहिलेको सत्ता नक्सवादी सोचले भरिएकाले पनि यो संविधानलाई सवैको संविधान बनाउन संशोधन गर्ने पक्षमा नदेखिएकाले संविधान संशोधन गर्दा यहि समयमा आफुहरुले उठाएका विषय पनि ल्याउनुपर्ने र एकै पटक संशोधन गरी जानुपर्ने भन्दै महतोले जनताको सवाल पनि राष्ट्रियताकै सवाल भएको बताउनुभयो ।
नेता महतोले भन्नुभयो,‘राष्ट्रघातीहरुले किन नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानी ५० औँ वर्ष सम्म खोजेनन् । पहिले नेपालको नक्सामा भएको यी भूभागहरु पछि कसरी बेचिए र अहिले फेरी कसरी आयो । यो खोक्रो राष्ट्रवाद हैन भने सीमा र जनतासंगै हिडाउनुपर्छ । देश र जनतालाई छोडेर एकल रुपमा जानेहरु राष्टघाती हुन । नक्सलवादी भाव लिएर जानु हुदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ । प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन । राष्ट्रिय एकता भएन भने निसान चिन्ह राख्दैमा भूमि फिर्ता आउदैन’ ।
उहाँले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली संन्धी गर्दा के हेर्नुभएको थियो, त्यो बेला महाकालीको मुहान काहा थियो भनेर किन खोजिएन,अहिले भूमिलाई मात्रै राष्ट्रियता भन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको र राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने धारणा राख्नुभयो ।
महतोले संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको भन्दै जुन आसा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन नसकेको बताउनुभयो । संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सवैले यो संविधानमा आफ्नो अधिकार नपाएको उहाँको भनाइ छ ।
महतोले भन्नुभयो,‘ संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा सुरु भएको हो । पिडएिका वर्ग, जनजाती मधेशी लगायत धेरैमा यो संविधानमा वेइमानी गरिएको छ । संगै आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुदैन भनेका थिए । तर, दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो’ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया