Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

देश परनिर्भर हुँदै छ : सभामुख

१५ पुष, काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल दिन प्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन्।

आइतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् उनले नेपालमा पाइने च्याउहरुलाई प्रवर्द्धन र बजारीकरण गर्न आवश्यक रहेको बताए।

उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे। उनले विदेशी च्याउ विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए।

१० वर्षयता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको उनले बताए।

उनले भने, ‘हामी दिन प्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने‚ यहाँ उत्पादन हुने च्याउहरुको अझैपनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ‚’ उनले भने‚ ‘च्याउ उत्पादकले नेपालमा च्याउ उत्पादन गर्ने, विदेशबाट आउने कुरालाई विस्थापित गर्ने बारेमा च्याउ उत्पादकहरुले धेरै कोशिस गरिरहनुभएको छ। गत १० वर्षयता किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ।’

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्न ध्यान दिन जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP