Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली युवती लगेर भारतको दिल्लीमा यौनधन्दा गराउने दम्पती पक्राउ

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा यौन व्यापार गराउने नेपाली दम्पती पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी ३१ वर्षीया पत्नी अस्मिता भण्डारी उर्फ रिया वली भनिने टीकाकुमारी वलीलाई पक्राउ गरेको हो। भण्डारी दम्पतीलाई ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट पक्राउ गरेको थियो।

उनीहरुले दिल्लीस्थित विभिन्न होटल रेष्टुरेन्ट फेन्सी पसलमा आकर्षक काम पाइने र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपाली युवतीहरुलाई भारत पुर्‍याउने गरेका थिए। दिल्ली लगेर ती युवतीहरुलाई वेश्यावृत्तिका लागि आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखेर यौन क्रियाकलापमा लगाउने गरेको खुलेको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनका अनुसार अनुसन्धानका क्रममा दिल्लीस्थित अपार्टमेन्टमा खाने बस्ने व्यवस्थासमेत मिलाएर उनीहरुले वेबसाइटमार्फत विज्ञापन गरी वेश्यावृत्ति गराएको खुलेको छ। उनीहरुले सामाजिक सञ्जालहरुमार्फत ग्राहकले भनेकै ठाउँमा ती नेपाली युवतीहरुलाई पठाउने गरेको पनि खुलेको एसपी पंगेनीले बताए।

भण्डारी दम्पतीले अनलाइनमार्फत वेश्यावृत्ति सञ्चालन गर्न ह्वाट्सएपको ग्रुप बनाएको र ग्रुपमा जोडिएका ग्राहकहरूले रकम बुझाएपछि मात्रै ग्राहकले भनेका ठाउँमा युवतीहरू पुर्‍याउने गरेको देखिएको एसपी पंगेनीले जानकारी दिए।

ब्युरोका अनुसार भण्डारी दम्पतीले पीडित युवतीहरूलाई नयाँ मोबाइल, भारतीय सिमसमेत उपलब्ध गराई ह्वाट्सएप र फेसबुकको आईडी बनाइदिने तर पासवर्ड भने आफैँले राखेर अनलाइन निगरानी गरेको पनि खुलेको छ।

पक्राउ परेका दम्पतीले वेश्यावृत्तिबाट हुने कमाइको ८० प्रतिशत आफैँले कुम्ल्याउने गरेका थिए। उनीहरुले भारत पुर्‍याएका ९ जना युवतीलाई गत चैतमा उद्धार गरिएको ब्युरोले जनाएको छ।

एसपी पंगेनीका अनुसार दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरीलगायतको सहयोगमा ती नेपाली युवतीहरूको उद्धार गरिएको थियो।

२०७९ चैतमा नै उनीहरुसमेतका विरुद्धमा ६ वटा मुद्दा दर्ता भइसकेका थिए। ती मुद्दामा मुछिएका ३ अभियुक्तहरु हाल कारागारमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP