Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

देश जर्जर भयो, राष्ट्रिय अस्तित्वमा खिया लाग्दै गएको छ : ज्ञानेन्द्र शाह

१९ पुष, काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देश यतिबेला जर्जर भएको टिप्पणी गरेका छन्।

भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताए।

‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोस तथा विवश भएर युवा जमात बाहिरिएको छ। यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ।’ उनले भने, ‘देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्नेगरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।’

बुढापाका अनुभवीहरुको विचारमा हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी छ।

उनले राजनीतिक दलहरुप्रति संकेत गर्दै ‘हामी मात्र ठीक अरु बेठिक, हाम्रो बाटो मात्र सुबाटो अरुको कुबाटो’ भन्ने विचारबाट माथि उठ्न आग्रह गरे।

‘हामी सबैको भविष्य, सुख, शान्ति यसैमा छ। विगतको सबै दुःख बिर्साैं, मायाले मायालाई भरिदियौं, घृणाले घृणाको आगोलाई कतै जलाइदिउँ, पहिले यो आगोलाई मिलेर निभाइदिउँ।’ उनले भने, ‘सबै कुराको समीक्षा गरौं, एउटा राम्रो मार्ग चित्र तयार गरौं, देश हामीले नै बनाउने हो । हाम्रै स्रोत साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’।

उनले आफू सधैं नेपालीको साथमा नेपाल भित्रै रहेको र नेपालीको सुख दुःख सुविधा असुविधा, बाधा पीडा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP