Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

समितिमा शिक्षकहरू : ‘जागिर जोगिएन भने आत्महत्याको खबर आउन सक्छ’

१९ पुष, काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुको जागिर जोगाइदिन आग्रह गरेका हुन्।

उनले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई तत्कालिन समयमा लाइसेन्सबिना नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले अहिले स्थानीय तहहरुले जबर्जस्त लाइसेन्स ल्याउन र नल्याएको खण्डमा बर्खास्तीसमेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरुको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे।

उनले शिक्षकहरुको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेतसमेत गराए। उनले शिक्षक महासंघले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताए।

उनले भने ‘…. ११-१२ को द्वितिय श्रेणीलाई कहाँ राख्नुहुन्छ? दरबन्दीमा लाने, सेकेण्ड क्लासमा लानुपर्‍यो नि। तलव, भत्ता खाइरहनु भएकै छ। अन्याय हुँदैन? तृतिय श्रेणी भनेर? कहाँनिर एडजस्ट गर्ने हो यो गर्नुपर्‍यो। किनभने साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरु शिक्षा ऐनको आठौँ संशोधनको दफा ३९ अनुसार मा.वि. द्वितिय श्रेणीमा शिक्षक भएका हुन्। म हार्दिक अनुरोध गर्छु, यी साथीहरुको जागिर जोगाइदिनुहोस्। आज आत्महत्या गरेर मरे भनेर खबर नआओस्।’

त्यस्तै, बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनकि सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई नजिकबाट हेर्नुपर्ने बताए। उनले माध्यामिक विद्यालयहरुलाई व्यवस्थित गर्न आग्रहसमेत गरे।

उनले व्यक्ति हेरेर शिक्षक नियुक्ति गर्ने कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए।

बैठकमा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताए।

उनले विद्यालय कर्मचारीहरुलाई आन्तरिक रुपमा स्थायी प्रक्रियामा लगेर शिक्षक सरहको सेवा, सुविधा प्रदान गर्न माग गरे।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरु स्थानीय तहको मातहतमा जान पनि तयार रहेको उल्लेख गरे। उनले संघ सरकारले दरबन्दी स्वीकृत गरे स्थानीय तहमा जान पनि सकिने धारणा व्‍यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP