काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामती ऐन नआउँदा कर्मचारीहरु उत्साहित भएर काम गर्न नसकेको बताएका छन्।
मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजामती कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको बताए।
उनले निजामती सेवा ऐनमा २ वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भए पनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताए। उनले नीति र कानून स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकिएको उल्लेख गरे।
सचिव सिंहले निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया