Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वीपी प्रतिष्ठानमा भर्ना भए रातभर बाहिरै अलपत्र परेका २७ कोरोना संक्रमित

विराटनगर । झापाको कचनकवलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगि रातभर अपलत्र परेका २७ कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएका छन् । शनिबार बिहान उनीहरु भर्ना भएका हुन् ।

शुक्रबार राति प्रतिष्ठान पठाइएका २७ जना कोरोना संक्रमित अस्पतालले भर्ना नलिँदा रातभर गाडीमा बस्न बाध्य भएका थिए। रातभर संक्रमितलाई बाहिरै राखेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार बिहानै धरान पुग्नुभएको थियो।

मन्त्री पुगेको केही समयपछि बिरामीलाई भर्ना गरिएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले २७ जनालाई नै भर्ना गरिएको जानकारी दिनुभयो। नयाँ भर्ना भएसँगै धरानको आइसोलेशनमा रहेका संक्रमितको संख्या ९७ पुगेको र सबैको अवस्था सामान्य रहेको बताउनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP