Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

कानून निर्माणका लागि संघ सरकारसँग लड्नुपरेको छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकूलका कानून बनाउन ढिलो नगर्न संघीय सरकारलाई दबाब दिएका छन्।

मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले कानून नबनाउँदा आफूहरूले सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो गरे। शनिवार पोखरामा शुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै पाण्डेले संघीयताअनुसार तीन तहको सरकार बने पनि संघीय सरकारले समयमै कानून नबनाइँदिदा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भइरहेको बताए।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धी कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाइँ गरिरहनुपरेको जिकिर गरे।

उनले भने, ‘जग्गा प्राप्तिको अधिकार हामीसँग नहुँदा काम गर्न सक्ने अवस्था छैन। हामीले पटकपटक संघ सरकार र संघीय संसद्सँग यिनै बारेमा हामीले छलफल गरेका छौं। प्रधानमन्त्री, मन्त्रीहरू सबैसँग बसेर छलफल गरियो। तीन तहका सरकार बने तर त्यसलाई सञ्चालन गर्न बन्नुपर्ने कानून पर्याप्त बनेनन्।’

मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तिको अधिकार नपाएकाले सो सम्बन्धी काम गर्नसक्ने अवस्था नरहेको बताए। कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल जग्गा तथा आवास विकास महासंघसँग मिलेर आफूहरूले पोखरालाई वातावरणमैत्री व्यवस्थित शहरको रूपमा विकास गर्न चाहेको बताए।

मेयर आचार्यले पोखरालाई हरियाली र सफा शहरको रूपमा विकास गर्न आफूहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP