Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

छिटै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले वर्ष सहयोग गर्ने आश्वासन दिए। गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रधानमन्त्रीले भने, ‘पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धि हामी प्राप्त गरी छोड्ने छौं। गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी वागमती प्रदेशबाट मन्त्री बन्नुहुन्छ भनेको थिएँ। मन्त्री बन्नु त भयो। प्रदेशमा बन्नुभयो। त्यतिवेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो। मन्त्रिमण्डल पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईहरूलाई दिलाउन चाहन्छु। लाखौँ जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु।’

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP