काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन्।
आइतवार प्रतिनिधिसभाअन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुईजना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोहीअनुसार कारबाही अघि बढ्ने बताए।
उनले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागेको पनि बताए।
‘सीधै भन्न सकिने कुरा कुरा के हो भने व्यावसायिक आचरण भएन र घटना घट्न पुग्यो। प्रतिवेदनमा घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने निष्कर्ष निकालेका छौँ। त्यहाँ हरेक पटक जाँदा चेकिङ गर्नुपर्ने भएकाले वा अरु कुनै कारणले त्यहाँ अध्यागमनको अधिकृतले चेकको लागि सहज हुनुपर्ने तर भएनन्‚’ उनले भने‚ ‘अस्वीकार गरिदियो। पहिलो समस्या त्यही हो। त्यसकारण असईलाई निलम्बन गर्ने र अरुलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौँ। ती कर्मचारीलाई त्यहाँबाट निष्काशन गर्ने र विभागीय कारबाही गर्ने निर्णय गरेका छौँ।’
उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभागको बेथिति हटाउन सरकारले कडा कदम चाल्न थालेपछि त्यहाँभित्र हात हालाहालको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया