Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

काठमाडौँ : प्रहरीले ५६ वर्षीय नौमीप्रसाद राजभरलाई नवलपरासीको महेशपुरबाट पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा नवलपरासी जिल्ला अदालतबाट सजाय पाएपछि उनी फरार रहेका थिए।

उनले नाम परिवर्तन गरी विक्रम सिंह बनाई भारतमा लुकिछिपी बस्दै आएका थिए। उनले दिल्लीमा पेन्टिङको काम गर्दै आएका थिए।

अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उनले अरविन्द्र राजभरको हत्या गरेको प्रमाणित भएको थियो। मृतक अरविन्द्रलाई आफन्तको घडेरी जग्गा किनाइदिने भनी २०६६ सालमा भारत लगेका थिए।

दोषी नौमीले भारु ४ लाख बुझी लिई गाउँ घुम्न जाऊँ भनी सँगै निस्किएका थिए। त्यसको १२ दिनपछि उनको शव पावर हाउसको रेडियल गेटमा फेला परेको थियो। नौमीप्रसाद राजभर‚ रामचन्द्र राजभर र मरिकान्त धरीकार मिलेर अरविन्द्रलाई रक्सीमा बिषादी मिलाई खुवाएका थिए। उनलाई भारतीय गण्डक नहरमा फाली मृतकको साथमा रहेको पैसा बाँड्ने सहमति भएको अर्का प्रतिवादी रामचन्द्र राजभरबाट खुलासा भएको थियो।

२०७५ सालमा प्रतिवादीहरूलाई सर्वस्व सहित जन्मकैद हुने ठहरी फैसला भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP