Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एक वर्षमै प्रहरीले समात्यो ४५ करोड बढीको अवैध सुनचाँदी र २३ हजार केजी लागु‍औषध

काठमाडौं : घटना १ : गत असोज ११ गते दोलखाको विगु गाउँपालिका-३ जामुनेस्थित सीता तामाङको घरबाट चार किलो सुनसहित तीनजना पक्राउ परे।

पक्राउ पर्नेमा बिगु गाउँपालिका ३ का अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र सोही स्थानका २० वर्षका माधव मगर रहेका थिए।

घटना २ : फ्लाई दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ परेको दुई दिनपछि प्रहरीले झण्डै ७ किलो सुन बरामद गरेको थियो।

​६ किलो ५ सय ६५ ग्राम सुनसहित तीनजना विदेशी नागरिक इजिप्टका सेरिप मोहम्मद, दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहिम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरियो।

घटना ३ : गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भयो।

फ्लाई दुबईको विमानबाट २१ गते राति १२ बजे काठमाडौं आएका गोरखा बारपाकका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो।

विमानस्थल भन्सार कार्यालयलाई प्राप्त सूचनाका आधारमा भन्सार र प्रहरीको संयुक्त टोलीले घलेलाई पक्राउ गरेको हो। चन्द्रले गोरखाकै मीन घलेका लागि सुन ल्याएको बयान दिएपछि उनलाई पनि धुम्बाराहीबाट पक्राउ गरेको थियो।

घटना ४ : गत चैत १४ गते काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित २ जनालाई काठमाडौंको नरदेवीबाट पक्राउ गरेको थियो।

उनीहरूको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको थियो।

उक्त सुनको तत्कालीन बजार भाउ १३ लाख ९१ हजार १ सय ६० रहेको थियो। पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका-११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका-६ का सोनाम दोर्जे लामा छन्। यी त उदाहरण मात्र हुन्। प्रहरीले हरेक दिन अवैध रुपमा लुकाइछिपाइ नेपाल भित्र्याउने सुन बरामद गरेका घटना बाहिरिरहेका छन्।

कुनबाट कति राजस्व संकलन?

प्रहरी यो वर्ष करिब ४३ करोड बराबरको अवैध सुन बरामद गरेको छ। वि.स २०७९ चैत्र १० देखि २०८० फाल्गुन ३० गतेसम्मको समय अवधिमा प्रहरीले विभिन्न स्थानबाट ४३ करोड ३५ लाख ३ हजार ८ सय ४७ रुपैयाँ बराबरको अवै सुन बरामद गरेको थियो।

प्रहरीले दिएको तथ्यांकअनुसार २ करोड १३ लाख ८ हजार ६ सय २४ अवैध चाँदी बरामद गरेको हो। यस्तै, अदालती फैसला कार्यान्वयनतर्फ १ अर्ब ९७ करोड ९६ लाख १६ हजार ५ सय ३८ रुपैयाँ राजस्व उठाएको हो।

अवैध मुद्रा ६ करोड ७८ लाख ६८ हजार २ सय ८४, हुण्डी कारोबारबाट ४३ लाख ६५ हजार पाँच सय, अवैध वैदेशिक मुद्रातर्फ ७ करोड, २५ लाख ८३ हजार ६२ रुपैयाँ रहेको छ।

अवैध मालसामानबाट २ अर्ब ७५ करोड १० लाख ६ हजार ९ सय ८२, अवैध काठबाट ७ करोड ९१ लाख १७ हजार ९ सय ३७ रुपैयाँ रहेको छ।

ट्राफिक कारबाहीबाट १ अर्ब ८७ करोड ५२ लाख लाख २६ हजार ३ सय ५४ हजार र अवैध नदीजन्य पदार्थ ३ करोड ५२ लाख ३४ हजार ४७ रूपैयाँ गरि ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रूपैयाँ बराबरको राजस्व उठाएको छ।

मुख्य १० घटना, जुन सबैभन्दा धेरै दर्ता भए!

प्रहरीको तथ्यांकअनुसार यो वर्ष ४५ हजार ७ सय ७५ मुद्दा दर्ता भएका छन्। जसमा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमा १३ हजार २ सय ७७ रहेका छन्।

त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० हजार ८ सय ६३, आमहत्याका ७ हजार १ सय ९४, लागुऔषधका ४ हजार २ सय ८४, चोरीका ३ हजार ७ सय २५, जबरजस्ती करणीका २ हजार ४ सय ६८, ठगीका १ हजार ६ सय ६०, ज्यान मार्ने उद्योगमा १ हजार ४५, बहुविवाहका ७ सय २४ र सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५ सय ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

कति बरामद भयो लागूऔषध?

यो वर्ष पनि लागुऔषधका सचेतना कार्यक्रम संचालन गरेको थियो। ७ हजार ५ सय ५४ वटा सचेतना कार्यक्रम गर्दा १ लाख ४५ हजार ३ सय ७९ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।

तर, लागुऔषधको विभिन्न प्रकरण भने बढोत्तरी भएका छन्। यो वर्ष मात्र करिब २२ हजार ९ सय १९ केजी लागुऔषध बरामद भएको छ।

प्रहरीले यो अवधिमा २२ हजार २ सय ४६ केजी गाँजा बरामद गरेको छ। ६ सय ६ किलो चरेश, १३ केजी हेरोइन, ४२ केजी अफिम, कोकिन ११ केजी र पोलेन २ केजी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP