Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईसीसी लिग–२ : ओमानले दियो १५६ रनको लक्ष्य‚ नेदरल्याण्ड्स ब्याटिङ गर्दै

 

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले ओमान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

ओमानको अल-अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा घरेलु टोली ओमानले पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्स सामु १५६ रनको लक्ष्य तेर्स्याएको छ।

नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको ओमानले ४४ ओभर २ बलमा सबै विकेट गुमाउँदै १५५ रनमात्र बनाउन सक्यो। उसका लागि ओपनिङ गरेका कप्तान जितेन्दर सिंहले ५९ रन बनाए।

अर्का ओपनर आशिष ओदेदाराले ४१ रन‚ जय ओदेद्राले २० रन र मुजाहिर रजाले १० बनाउनुबाहेक ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

ओमानका करन सोनावले शून्य रनमा आउट भए भने आमिर कलिम र हमाद मिर्जा दुवैले २/२ रन बनाएर आउट भए। मोहम्मद नदीमले १ रन बनाए भने सिद्धार्थ बक्कापाटनमले ३ रन बनाए। सकिल अहमद २ रन बनाएर र समय श्रीवास्तव ३ रन बनाएर आउट भए।

नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यानले ४ विकेट लिए भने रोलेफ भान डेर मर्वले ३ विकेट र काइल क्लेनले २ विकेट लिए।

अहिले नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ। उसले ५ ओभरको खेल सकिँदा कुनै विकेट नगुमाइ २० रन बनाएर खेलिरहेको छ।

लिग–२ मा ११ खेल खेलेको नेदरल्याण्ड्स ७ जित र ४ हारसहित अंकतालिकाको तेस्रो स्थानमा छ भने ११ खेल खेलिसकेको ओमान ५ खेलमा जित र ४ मा हार बेहोर्दै अंकतालिकाको पाँचौँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP