Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सबैभन्दा धेरै घरजग्गा कारोबार झापामा, कलङ्की मालपोतमा उठ्यो बढी राजस्व

रासस
काठमाडौं : कात्तिक महिनामा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ।

चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मकरूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो। गत असोजमा एक लाख ८४८ कारोबार भएको थियो।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पास भएका छन्। यस्तै, नामसारीतर्फ तीन हजार ३६२, हालसाविक दुई हजार ११४, रोक्कातर्फ २५ हजार ३० छन्।

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार २६६ घर जग्गाको कारोबार भएको छ। मालपोत कार्यालय सुनसरीमा तीन हजार ११५, बेलबारीमा दुई हजार ८२१, धनुषामा दुई हजार १५८ वटा कारोबार भएका छन्।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ। यस्तै मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएको छ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौं उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार ६४९ घर जग्गाको कारोबार भएको छ। भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार ४२३ वटा कारोबार गरेको छ।

विभागका अनुसार २०८० कात्तिकमा ७७ हजार १८५ घर र २०७९ कात्तिकमा ९७ हजार १९६ वटा कारोबार भएको थियो।

विभागका अनुसार यो वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ राजस्व संकलन गरेको छ। घर जग्गाको कारोबारमा अपेक्षितरूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ राजस्व संकलन भएको थियो।

विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ मध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ राजस्व संकलन गरेको छ।

मुलुकभर १३३ वटा मालपोत कार्यालय छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP