Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लुम्बिनी लायन्सले पायो १०४ रनको लक्ष्य, काठमाडौंविरूद्ध जफरको तीन विकेट

 

 

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १०४ रनको लक्ष्य दिएको छ।

टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो।

काठमाडौंका लागि भीम सार्की ३१, डान डौथवेट २१ ,प्रतिक श्रेष्ठ २०, स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी, जेराड इरासमस एक, रसिद खान, माइकल लेभिट शून्य आउट भए।

लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई, विवेक यादव र सुर्य तामाङले समान एक एक विकेट लिए।

करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ।

प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प छैन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरे लिग चरणबाट बाहिरिने पहिलो टोली बन्नेछ। किनभने शीर्ष चारमा रहेका टोलीहरुले ६ अंक बटुलिसकेका छन्।

लुम्बिनीविरुद्धको हारले काठमाडौंको प्लेअफ यात्रालाई गाह्रो बनाउन सक्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP