Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बागलुङ ट्राफिकद्वारा ५ महिनामा झण्डै ५६ लाख राजस्व संकलन

 

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा झन्डै ५६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा कुल ५५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो।

उनका अनुसार साउनमा आठ लाख ४१ हजार, भदौमा नौ लाख ६६ हजार, असोजमा नौ लाख ५८ हजार, कार्तिकमा १४ लाख सात हजार र मङ्सिरमा १४ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ।

पाँच महिनाको अवधिमा चार सय ४३ वटा ट्रक तथा टिप्परलाई गरिएको कारबाहीबाट तीन लाख ४० हजार पाँच सय, तीन सय ६५ वटा बसबाट दुई लाख ८६ हजार पाँच सय, दुई हजार आठ सय ६३ वटा कार तथा जिपबाट २३ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको छ।

यस्तै, तीन सय ९१ वटा ट्र्याकटरलाई कारबाही गर्दा दुई लाख ७२ हजार, दुई हजार छ सय ३८ वटा मोटरसाइकल तथा स्कुटरमाथि गरिएको कारबाहीबाट २३ लाख २७ हजार तथा ६९ वटा अन्य सवारीहरूमाथि गरिएको कारबाहीबाट ५१ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको प्रहरी नायव निरीक्षक निउरेले बताए।

पाँच महिनाको अवधिमा जिल्लामा भएको विभिन्न दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ। भदौमा तीन जनाको मृत्यु र एक जना घाइते, कार्तिकमा सात जनाको मृत्यु र दुई जना घाइते तथा मङ्सिरमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP