काठमाडौं : साताको पहिलो कारोबार दिन आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ।
शुक्रबार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया