Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अध्यादेश कार्यान्वयन भए बेरोजगारी घट्छ : अध्यक्ष ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन्।

शनिवार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले बाध्यतावश विदेशिनुपरेको यथार्थ हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए।

उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए। उनले अध्यादेशमार्फत परिवर्तन भएका कानूनको सही कार्यान्वयन जरुरी रहेको बताए।

ढकालले भने, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ। साधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन। त्यसका लागि हामीले नेपालमै अवसर दिनुपर्छ। त्यसो हुनसके मात्रै बाहिर विवश भएर जान रोकिन्छ। हालै नेपाल सरकारले अध्यादेशमार्फत कानून ल्याएको छ। त्यो निजी क्षेत्रले स्वागत गरेको छ। अध्यादेशमार्फत परिवर्तन भएका कानूनको स्प्रिटअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महसुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ।’

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरू अघि बढेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP