Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद

 

काठमाडौँ : नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किलोमिटर पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किलोमिटर महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताए।

उनले १० किमिको म्याराथनमा नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवै सहभागी हुनसक्ने बताए। उनले १० किमिको म्याराथन नेपाली सेनाका विभिन्न तहमा कार्यरत कर्मचारी र काठमाडौँ उपत्यकाका अवकाशप्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोराछोरीहरुले पनि भाग लिन पाउने उल्लेख गरे।

उनले ५ किमि वाकाथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको बताए। उनले ५ किमि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताए।

उनले प्रधानसेनापति खुला म्याराथन–२०८१ मा करिब ३ हजार जनाको सहभागिता हुने अपेक्षा रहेको आँकलन गरे।

उनले प्रधानसेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार पाउने बताए। उनले द्वितियलाई २ लाख रुपैयाँ, तृतीय हुनेलाई १ लाख रुपैयाँ, चौथो हुनेलाई ५० हजार रुपैयाँ, पाँचौँलाई ३० हजार रुपैयाँ, छैठौँलाई २५ हजार रुपैयाँ, सातौँलाई २० हजार रुपैयाँ, आठौँलाई १५ हजार रुपैयाँ, नवौँलाई १० हजार रुपैयाँ र दशौँ हुनेलाई ५ हजार रुपैयाँ रहेको बताए।

उनले २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार रुपैयाँ, द्वितियले ५० हजार रुपैयाँ र तृतीयले ३५ हजार रुपैयाँ पाउने बताए। उनले १० किमि दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताए।

उनले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताए। सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP