Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

 

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि गर्न पुनः परीक्षा दिनुपर्ने सूचीमा परेका छन्। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार सामुदायिक र निजी गरेर २७ वटा विद्यालयका कुल छ सय ५१ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमीश) मा विद्यार्थीको कुल सङ्ख्या छ सय ५१ जना भएको भए पनि २५ जना विद्यार्थीहरू परीक्षामा अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका ६२६ जनामध्येका चार सय ६१ जना उत्तीर्ण भएका छन्। यस्तै ९९ जना ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको छ भने ५८ जना कक्षा आठ मा नै दोहोरिने भएका छन्। आधारभूत तह (कक्षा ८) परीक्षा समितिबाट बढीमा तीन विषयसम्म ‘नन ग्रेड’ आएका विद्यार्थीहरूको लागि ‘ग्रेड वृद्धि’ परीक्षा सञ्चालन गर्ने निर्णय भएको थियो।

नगरपालिकाभित्र तीन जना विद्यार्थीहरूले चार जि.पि.ए प्राप्त गरेका छन्। उनीहरू नारायण माध्यमिक विद्यालयका सक्षम अधिकारी तथा नमुना माध्यमिक विद्यालयका सुजता गिरी र शाश्वत पौडेल रहेका छन्।

नगरपालिकाले ‘ग्रेड’ वृद्धि परीक्षा सञ्चालनको लागि समेत समय तालिका सार्वजनिक गरेको छ। जसमा आउँदो वैशाख तीन गते अङ्ग्रेजी, चार गते नेपाली, पाँच गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, सात गते गणित, आठ गते स्वास्थ्य तथा शारीरिक शिक्षा, नौ गते विज्ञान तथा प्रविधि र १० गते स्थानीय विषयको परीक्षा हुने छ। यो परीक्षामा सहभागी भएर ‘ग्रेड’ मा आउन सकेका विद्यार्थीहरू नौ कक्षामा चढ्ने छन् भने ‘नन ग्रेड’ मा रहेकाहरूले एक वर्ष आठ कक्षामा नै दोहोरिनु पर्ने छ।

शिक्षा शाखा प्रमुख तिवारीले कतिपय विद्यार्थीहरू छ-सात विषयमै ‘नन ग्रेड’ मा रहेकाले उनीहरू एक वर्षका लागि आठ कक्षामा नै दोहोरिने अवस्था आएको बताए। कमजोर सिकाई उपलब्धि रहेका विद्यार्थीहरूलाई कक्षा चढाउँदा ‘जसरी पनि कक्षा चढिन्छ’ भन्ने मानसिकता विद्यार्थीमा रहँदा अध्ययनशीलता हराउँदै गएको उनको भनाइ छ। पोहोर सालको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत समेत बढेको शाखा प्रमुख तिवारीले बताए।

कुश्मा नगरपालिकाले आठ कक्षाको प्रश्न पत्र निर्माणदेखि उत्तर पुस्तिका परीक्षणको काम पनि आफैले गरेको थियो। स्थानीय विषयको उत्तर पुस्तिका भने विद्यालयमा नै परीक्षण भएको थियो। वार्षिक परीक्षामा चार कक्षादेखि नौ कक्षासम्मकै प्रश्न निर्माण गरेर कुश्मा नगरपालिकाभित्रको परीक्षालाई समान स्तरको समेत बनाएको थियो।  थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP