Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

शिक्षकलाई पेल्दै सरकार, के भन्छ शिक्षक महासंघ ?

 

काठमाडौँ : देशभरका शिक्षक/कर्मचारीहरू लामो समयदेखि आन्दोलनरत हुँदा सरकारले पछिल्लो समय उनीहरूलाई पेल्दै गएको छ। हालको शिक्षक आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले शैक्षिक आम हडताल घोषणा गर्दै कक्षा-१२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई आग्रह गरेको थियो।

लामो समयको अन्योलबीच आज बिहान राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर १२ को परीक्षा नरोक्ने बरु निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। परीक्षाका वेला फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उनले बताए।

उनका अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिनेछ।

परीक्षाका लागि जापानमा एउटा सहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ। त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ।

बैठकपछि परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने, ‘परीक्षा केन्द्र तोकिएको छ, सबै विद्यार्थी अभिभावकहरूको परीक्षा नरोक्ने अनुरोध आएको छ। त्यसैले हामी आज पनि हरेक जिल्लाहरूको परीक्षा समन्वय समितिहरूलाई जहाँ-जहाँ परीक्षा केन्द्र तोकिएको छ। त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरूलाई आवश्यक तयारी गर्न र सञ्चालनका लागि पूर्ण अनुरोध गर्ने र शिक्षकहरूलाई पनि परीक्षा सञ्चालन गर्नको लागि अनुरोध गर्ने निर्णय भएको छ।’

कक्षा-१२ को परीक्षामा साढे पाँच लाख विद्यार्थीहरूको परीक्षा भएको कारणले परीक्षा सञ्चालन गर्ने नै निर्णय भएको उनको भनाइ छ। कक्षा-१२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुँदै छ।

यसैगरी स्थानीय तहहरूले पनि शिक्षकहरूलाई आन्दोलन छाडेर तत्काल कक्षामा जान दबाव दिन थालेका छन्। दाङको घोराही उपनगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आजदेखि नै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

हिजो जारी सूचनामा भनिएको छ, ‘नगर प्रमुखको अध्यक्षतामा बसेको विद्यालय सञ्चालनसम्बन्धी बैठकको मिति २०८२।०१।०७ को निर्णयानुसार यस पालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरू शैक्षिक क्यालेण्डर २०८२ अनुसार भोलि मिति २०८२।०१।०८ गतेदेखि सञ्चालन गर्नु गराउनु हुन निर्देशन गरिन्छ, विद्यालय सञ्चालन भए नभएको सम्बन्धमा अनुगमनसमेत हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाले वैशाख ११ गतेदेखि भर्नालगायत सबै शैक्षिक कार्यक्रम थाल्न सबै विद्यालयलाई परिपत्र गरेको छ। दोलखाको बैतेश्वर गाउँपालिका लगायत अन्य स्थानीय तहले आजदेखि नै शैक्षिक गतिविधि थाल्न निर्देशन दिएका छन्।

शिक्षामन्त्रीकै राजीनामा

चैत २० गतेदेखि शिक्षकहरूले शिक्षा विधेयक जारी गर्नुपर्ने माग लिएर काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। आजदेखि उनीहरूको आन्दोलन २१ दिन पुगेको छ। यही आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग नगरेकै कारण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हिजो नै राजीनामा दिएकी छिन्।

उनै भट्टराईले हिजो साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा ७ बुँदामा शिक्षक महासंघका प्रतिनिधिसँग सरकारले गरेको सहमति पेश गर्ने जानकारी दिएकी थिइन् तर त्यसअघि नै उनले राजीनामा दिइन्। मन्त्रिपरिषद् बैठकले उक्त सहमति विषयमा केही निर्णय लिएको बाहिर जानकारी आएको छैन।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल शिक्षा विधेयक जारी गर्न संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गर्दै आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो। यसमा शिक्षकहरू विश्वस्त छैनन्। हिजो पनि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन आग्रह गरेका थिए। शिक्षकहरू यसअघि पनि पटक पटक सहमति भए पनि ती माग हालसम्म कार्यान्वयनमा नआएको भन्दै आन्दोलन जारी राखेका छन्।

महासंघ भन्छ : हामी सहभागी हुन्नौँ, कसरी गर्छन् हेरौँला

राष्ट्रिय परीक्षा बोर्डको यस्तो निर्णयपछि नेपाल शिक्षक महासंघले परीक्षामा सहभागी नहुने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन हुनुअघि शिक्षक/ कर्मचारीहरूलाई नै परीक्षामा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ।

तर यसमा सहभागी नहुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। उनले भने, ‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षानिकायमा मान्छे परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ। त्यो उसको कुरा हो, कोही पनि प्रधानाध्यापक शिक्षक र कर्मचारी त्यो प्रक्रियामा सामेल हुँदैनौँ, सहभागी नहुन हामी हार्दिक अनुरोध गर्दछौँ, कपी पनि उनीहरूले नै परीक्षण गरून, परीक्षा पनि उनीहरूले नै चलाउन,हामी पनि हेरौँला।’

उनका अनुसार आज २ बजे बैठक बस्दै छन्। उक्त बैठकले आन्दोलन राेक्नेभन्दा पनि थप रणनीतिक आन्दोलन ल्याउने उनले बताए। ‘हामी एक ठाउँमा रह्यो भने कसैले दपेट्न सक्दैन,आन्दोलन रोकिँदैन,शिक्षा विधेयक जारी गरेरै छाड्छौँ,’उनले भने।

थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP