Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

 

काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ।

यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे। यस गोलसँगै सिटीले सुरूवाती अग्रता बनाएको थियो। १८औं मिनेटमा डियासले जैकब राम्सेलाई बक्सभित्र फल गरेपछि भिएआरको सहायताले एस्टनले पेनाल्टी पाएको थियो।

पेनाल्टीलाई रासफोर्डले गोलमा परिणत गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा सिटीले आक्रमणको गति बढायो। ओमार मारमुसले पोस्टभित्र प्रहार गरेपनि अफसाइड ठहरिए। यसबीच रासफोर्डले केही उत्कृष्ट मौका गुमाएका थिए।

तर पाँच मिनेटको इन्जुरी समयमा भिल्लाको रक्षापंक्ति समालिन नसक्दा नुनेसले नाटकीय रूपमा खेल सिटीको पक्षमा पारे। नुनेसले जेरेमी डोकुको शानदार आउटसाइड पासलाई साइड–फुट गर्दै गोलमा परिणत गरेका थिए।

यो जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३४ खेलमा ६१ अंक छ। सिटी चौथो स्थानको नटिङ्घम फरेस्टभन्दा एक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले अघि छ। भिल्ला भने सातौं स्थानमै अडिएको छ। उसको ४७ अंक छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP