Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरमा हप्ताको दुई दिन मेडिकल अधिकृतद्धारा चेक जाँच


विजयनगर, कपिलवस्तु

विजयनगर स्वास्थ्य शाखामा मेडिकल अधिकृत डाक्टरद्धारा हप्ताको एक दिन स्वास्थ्य चेकजाँच गरिन्थ्यो , तर अहिले हप्तामा दुई दिन शुक्रवार र सोमवार स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको छ ।

विजयनगर स्वास्थ्य शाखाबाट ७० प्रकारको औषधीहरु स्वास्थ्य शाखा, ४ ओटा स्वास्थ्य चौकी र एक सामुदायिक स्वास्थ्य ईकाईबाट उपलब्ध गराईरहेको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनु भएको छ । राज्यले निःशुल्क रुपमा उपलब्ध गराएको ७० प्रकारकै औषधीहरु सेवाग्राहीलाई उपलब्ध गराएको प्रमुख अधिकारीले दावी गर्नु भएको छ ।
गत आर्थिक वर्षदेखि स्वास्थ्य शाखामा हप्तामा मेडिकल अधिकृत डाक्टरद्धारा एक दिन स्वास्थ्य जाँच गरिन्थ्यो भने अहिले हप्तामा दुई दिन शुक्रवार र सोमवार स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको बताउनु भयो । असोज महिनादेखि हरेक महिना एक देखि दुई जना विशेषयज्ञ डाक्टरद्धारा सेवा सुचारु गरिरहेको बताउनु भयो ।
जनसंख्याको आधारमा र राज्यको संघियाता संरचनाको व्यवस्था अनुसार हरेक वडामा स्वास्थ्य चौकी, १५ शैøयाको अस्पताल, र प्रयोगशाला ल्यावको व्यवस्था नभएको हुनाले समस्या भएको बताउनु भयो ।
यस्तै अहिले देशको विभिन्न जिल्लाहरुमा भाइरल ज्वरो,डेँगु रोगको संक्रमण बढिरहेको बेला डेँगुको परिक्षण नभए पनि डेँगुको लक्षणको आधारमा अन्य ठाउँमा रिफर गर्ने व्यवस्था गरेको र यसको नियन्त्रणका लागि परिक्षणहरु विद्यालय, समुदायमा र स्वास्थ्य चौकीमा आउने विरामीहरुमा परिक्षण दिईरहेको बताउनु भयो ।
यस वर्ष विजयनगर गाउँपालिकाकाले प्रयाप्त बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको रभारतीय दुतावासमा जनप्रतिनिधि मार्फत एम्बुलेन्सको माग गरेका र यही वर्षदेखि विजयनगरमा एम्बुलेन्स सञ्चालनमा आउने बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP