Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ?

काठमाडौँ : २८ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच दुई पटक वार्ता भइसकेको छ। हिजो राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि शिक्षक र सरकारबीच वार्ता भयो। यसअघि शनिवार पनि वार्तामा बसेको थियो।

तर हालसम्म सहमति हुन सकेको छैन। शिक्षकहरुले चैत २० गते तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै थालेको काठमाडौँ केन्द्रित आन्दोलन आज (मंगलवार) पनि जारी छ। देशभरका शिक्षक/कर्मचारीहरूले आज माइतीघर मण्डलाबाट बानेश्वरसम्म ‘शिक्षा विधेयक जारी गर, पुरानो ऐन खारेज गर’ लगायत नारा लगाउँदै आन्दोलन गरे।

सरकार र शिक्षकबीच सहमति नहुँदा सामुदायिक विद्यालयको पठनपाठन, एसइई परीक्षा उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ।

सर्वोच्चकाे आदेशअनुसार शिक्षक फर्काउन सरकार असफल

सर्वोच्च अदालतको आदेशअनुसार शिक्षकहरूलाई विद्यालय फर्काउन सरकार असफल भएको छ। अदालतले गत बिहीवार सरकारका नाममा ३ दिनभित्र शिक्षकहरूको माग सम्बोधन गरि पठनपाठनमा फर्काउन आदेश दिएको थियो।

तर उक्त आदेशअनुसार सरकारले काम गर्न सकेन। आजसम्म पनि अर्थात्‌ सर्वोच्चले आदेश दिएको चौथो दिनमासमेत शिक्षकहरू सडकमै प्रदर्शन गरिरहेका छन्।

के भन्छन् शिक्षामन्त्री र महासंघ ?

वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। आन्दोलनको अगुवाइ गर्दै आएको शिक्षक महासंघसँगको वार्ता सकारात्मक ढंगले अगाडि बढेकाे जानकारी दिँदै यथाशीघ्र वार्तालाई निष्कर्षमा टुंग्याउने पक्षमा सरकार रहेकाे जानकारी दिए।

उनले भने, ‘वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ, अब केही विषय टुंगो लगाउन बाँकी छ, छिट्टै टुंगिन्छ।’

सरकार चलाइरहेको पार्टी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा शिक्षकहरूको माग पूरा गर्न सरकार लागिरहेको जानकारी दिएका छन्।

उनले भने, ‘यसमा सरकार लागिरहेको जानकारी पाएका छौँ, आज बेलुकासम्म सहमति हुनसक्छ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र अझै धेरै विषयमा छलफल गर्न आवश्यक रहेको बताएका छन्।

हिजो राति भएको वार्तापछि उनले भने, ‘हामीले छलफल गर्‍यौँ, धेरै विषयहरूको थप छलफल आवश्यक छ, कहिले सहमतिमा पुगिन्छ भन्न सकिन्न, हामीले गरेको मागअनुसार सहमति भए टुंगिन्छ नभए टुंगिन्न।’

उनै अध्यक्ष सुवेदीले आज विहानमात्रै सरकारले माग पूरा गर्न नचाहेको बताएका छन्। उनले सामाजिक सञ्जालबाटै भनेका छन्, ‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन, त्यसैले आन्दोलन बलियो गराऔँ।’ उनको भनाइमा सरकारले माग पूरा गर्न चाहेकाे छैन। त्यसैले पनि वार्ता सहमतिमा पुग्न सकेन।

शिक्षकहरूको सबै माग पूरा गर्दा धेरै बजेट लाग्ने भएकाले सरकारले ती माग पूरा गर्न नचाहेकै कारण हालसम्म वार्तामा सहमति नभएकाे शिक्षकहरू​ले बताएका छन्।

त्यसाे त आन्दोलन थप चर्काउने शिक्षकहरूको तयारी छ। उनीहरुले शिक्षा विधेयक जारी नहुन्जेल याे आन्दोलन नराेक्ने चेतावनी सरकारलाई दिएका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP