Trending
flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा

ज्ञानेन्द्रको प्रश्न- ऋण ल्याउँदै भएभरका छोटे नेता पाल्दै अनि देश बन्छ ?

 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देशको विकासभन्दा पनि बाहिरबाट ऋण​ ल्याउँदै नेताहरूलाई पाल्ने काम मात्रै भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले घट्नुपर्ने वेला झनै सार्वजनिक ऋण बढ्दै गएको बताएका हुन्।

उनले भने, ‘२०७४ सालमा सार्वजनिक ऋण करिब ८ खर्ब थियो, संघीयता र प्रदेश लागू गरिएपछि अहिले २६ खर्ब ११ अर्ब ६ करोड पुग्यो। यो पैसा कसले तिर्ने?, जनताकै करबाट होइन?, ऋण ल्याउँदै भएभरका नेता, छोटे नेता पाल्ने हो भने उधोतिर देश लाग्ला नि!।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताका लागि भने नल्याइएको उनले बताए। ‘तीन तहको सरकार छ, ३० थरीको कर छ तर न निःशुल्क स्वास्थ्य सेवा छ,न निःशुल्क शिक्षा दियो अनि किन कर तिर्ने?,कर तिर्ने जनता, जनताकै सेवा सुविधाका लागि भने नीति कार्यक्रममा आएन’, उनले भने।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP