Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र टोटनह्याम भिड्दै

 

काठमाडौं : युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनह्यम र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै छन्।

बिलबाओको एस्टाडियो दे सान मामेस मैदानमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ। फाइनल खेलका लागि करिब ८० हजार समर्थकहरू मैदानमा पुग्ने अनुमान गरिएको छ।

दुवै टोली प्रिमियर लिगमा निराशाजनक सिजनपछि कम्तीमा एउटा ट्रफी जित्दै सिजनको अन्त्य गर्न चाहन्छन्। टोटनह्यामले अन्तिम पटक सन् १९८४ मा युरोपा कप जितेको थियो।

आज टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ। टोटनह्याम आज विजयी भए उसले लिभरपुलसँग बराबरी गर्नेछन्। यस सिजन टोटनह्यामले युरोपा लिगमा १४ खेलमध्ये ९ जितेको छ। जुन क्लबको इतिहासमै सबैभन्दा धेरै हो।

एन्ज पोष्टेकोग्लु को नेतृत्वमा टोटनह्यमले सेमिफाइनलमा बोडो ग्लिम्टलाई हराएर फाइनल यात्रा तय गरेको हो।कप्तान सन हृयुंग मिन पनि चोटमुक्त भएर टोलीमा फर्किएका छन। तर, प्रिमियर लिगमा भने टोटनहम १७ औं स्थानमा छ र २१ खेलमा पराजित भएको छ। यद्यपि, युनाइटेडविरुद्ध पछिल्ला ६ खेलमा अपराजित रहँदै यस सिजन ३ खेलमा तीनै जित दर्ता गरेको छ।

यस्तै युनाइटेडले यो सिजन युरोपा लिगमा ३५ गोल गरेको छ। जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा धेरै हो। उसले एथ्लेटिक बिलबाओविरूद्ध सेमिफाइनलमा ७–१ को समग्र जित निकालेका थियो। त्यसअघि लियोनविरुद्ध ७–६ को नाटकीय जित हात पारेको थियो।

कप्तान ब्रुनो फर्नान्डेस ७ गोलसहित गोल्डेन बुटको होडमा छन्यु। युनाइटेडका प्रशिक्षक रूबेन आमोरिम पहिलो सिजनमै ट्रफी जित्ने युनाइटेडका तेस्रो प्रशिक्षक बन्ने लक्ष्यमा छन।

दुवै क्लबको प्रिमियर लिग प्रदर्शन कमजोर भएपनि युरोपामा उनीहरूले देखाएको स्तर उच्च छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP