Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र टोटनह्याम भिड्दै

 

काठमाडौं : युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनह्यम र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै छन्।

बिलबाओको एस्टाडियो दे सान मामेस मैदानमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ। फाइनल खेलका लागि करिब ८० हजार समर्थकहरू मैदानमा पुग्ने अनुमान गरिएको छ।

दुवै टोली प्रिमियर लिगमा निराशाजनक सिजनपछि कम्तीमा एउटा ट्रफी जित्दै सिजनको अन्त्य गर्न चाहन्छन्। टोटनह्यामले अन्तिम पटक सन् १९८४ मा युरोपा कप जितेको थियो।

आज टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ। टोटनह्याम आज विजयी भए उसले लिभरपुलसँग बराबरी गर्नेछन्। यस सिजन टोटनह्यामले युरोपा लिगमा १४ खेलमध्ये ९ जितेको छ। जुन क्लबको इतिहासमै सबैभन्दा धेरै हो।

एन्ज पोष्टेकोग्लु को नेतृत्वमा टोटनह्यमले सेमिफाइनलमा बोडो ग्लिम्टलाई हराएर फाइनल यात्रा तय गरेको हो।कप्तान सन हृयुंग मिन पनि चोटमुक्त भएर टोलीमा फर्किएका छन। तर, प्रिमियर लिगमा भने टोटनहम १७ औं स्थानमा छ र २१ खेलमा पराजित भएको छ। यद्यपि, युनाइटेडविरुद्ध पछिल्ला ६ खेलमा अपराजित रहँदै यस सिजन ३ खेलमा तीनै जित दर्ता गरेको छ।

यस्तै युनाइटेडले यो सिजन युरोपा लिगमा ३५ गोल गरेको छ। जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा धेरै हो। उसले एथ्लेटिक बिलबाओविरूद्ध सेमिफाइनलमा ७–१ को समग्र जित निकालेका थियो। त्यसअघि लियोनविरुद्ध ७–६ को नाटकीय जित हात पारेको थियो।

कप्तान ब्रुनो फर्नान्डेस ७ गोलसहित गोल्डेन बुटको होडमा छन्यु। युनाइटेडका प्रशिक्षक रूबेन आमोरिम पहिलो सिजनमै ट्रफी जित्ने युनाइटेडका तेस्रो प्रशिक्षक बन्ने लक्ष्यमा छन।

दुवै क्लबको प्रिमियर लिग प्रदर्शन कमजोर भएपनि युरोपामा उनीहरूले देखाएको स्तर उच्च छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP