Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

असार १५ अघि पारित होला ‘शिक्षा विधेयक’ ?

 

काठमाडौं : सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार शिक्षा विधेयक जारी गर्नुपर्ने ‘अल्टिमेटम’ अब २० दिन मात्रै बाँकी छ। सरकार र शिक्षकबीच वैशाख १७ गते असार १५ गतेभित्रमा ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेकाे आन्दोलन छाडेर घर फर्किएका थिए।

तर,उक्त समयमा शिक्षा विधेयक जारी हुनेमा आशंका उब्जिएको छ। किन भने विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई जेठ ४ गते प्रतिवेदन बुझाएपछि हालसम्म पनि शिक्षा विधेयकमाथि छलफल हुनसकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता गर्न ७ दिनको समय माग गरेपछि जेठ ११ जेठमा बैठक स्थगित गरिएको थियो। शिक्षामन्त्रीले माग गरेअनुसार समितिले दिएको समय पनि सकिसकेको छ। तर,पनि शिक्षा मन्त्री पन्तले अझै समितिकाे बैठक राख्न तयार भएका छैनन्।

पटक-पटक तोकिएको शिक्षा समिति बैठक स्थगित हुँदै आएको छ। समितिले भोलि(मंगलबार)का लागि तोकिएको शिक्षा समिति बैठक पनि स्थगित भएको जनाएको छ। जसकारण पनि तोकिएको समयमा शिक्षा विधेयक जारी गर्नुपर्नेमा कठिन देखिएको छ।

शिक्षा सभापति भन्छन् : असार १५ अघि पारित गर्ने सम्भावना न्यून छ

शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले नै पटक-पटक तोकिएको शिक्षा समिति बैठक नै स्थगित हुन थालेपछि असार १५ गतेभित्र शिक्षा विधेयक जारी हुने सम्भावना न्यून बन्दै गएको जानकारी दिए।

असार १५ गतेभित्र शिक्षा विधेयक जारी हुने सम्भावना छ त ? भन्ने प्रश्नमा शिक्षा समितिका सभापति थापाले थाहाखबरसँग भने,‘अहिलेसम्म शिक्षा समिति बैठक बसिएको छैन,शिक्षा मन्त्रीबिना शिक्षा विधेयकमाथि छलफल हुन सक्दैन,तर उहाँले बैठक बोलाउनु भएकै छैन,त्यसैले असार १५ भित्र शिक्षा विधेयक जारी गर्ने सम्भावना न्यून नै छ।’

उनका अनुसार आगामी शनिबार बैठक बस्ने समय भने तय गरिएको छ। ‘भोलि बैठक बस्ने भनिएको थियो,स्थगित भयो,शिक्षामन्त्रीले आगामी शनिबार बैठक बस्ने भन्नुभएको छ,अब हेरौँ के हुन्छ,’उनले भने।

उनका अनुसार उपसमितिले बुझाएको प्रतिवेदन र शिक्षा विधेयकमाथि छलफल गर्न ५/६ पटक बैठक बस्नैपर्छ। ‘उपसमितिले प्रतिवेदन बुझाएको छ,यसमा सहमति भएर गयो भने ५/६ पटक समिति बैठक बस्दा टुंगिएर सदनमा पेस हुन्छ,’उनले भने,‘यसमा विवाद निस्कियो भने त छलफल लामै समय जान्छ,त्यसपछि त असार १५ भित्र शिक्षा विधेयक जारी हुन पनि सक्दैन।’

शिक्षा मन्त्री पन्तले भने आगामी असार १५ गतेसम्ममा संघीय संसद, प्रतिनिधिसभाबाट शिक्षा विधेयक पास हुने दाबी गर्दै आएका छन्। जेठ २४ गते प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरूको सहकार्य र समन्वय समूहले आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरेका हुन्।

शिक्षामन्त्री पन्तले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ।’

तोकिएको समयमा विधेयक जारी नभए आन्दोलन हुन्छ : शिक्षक महासंघ

यता,नेपाल शिक्षक महासंघले भने असार १५ भित्र शिक्षा विधेयक जारी नभए कडा आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अबिलम्ब शिक्षा विधेयक जारी गर्नुपर्ने माग गरे।

‘तुरुन्त तोकिएको समयमा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनुपर्छ,’उनले भने,‘शिक्षामन्त्रीसँग बसेर छलफल गरि टुंगोमा पनि पुगिसकेका छौँ,त्यसैले अब सरकारले कुनै बहाना गर्न मिल्दैन,यदि त्यसो गरेर रोकियो भने चैत-वैशाखमा भन्दा पनि हामी ठूलो आन्दोलन गर्न बाध्य हुन्छौँ।’

वर्षौंदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसद्बाट पारित भई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो।

तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको दुई वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्‍याउन सकेको छैन। वर्षौ बितिसक्दा पनि सरकारले शिक्षा विधेयक जारी गर्न आनाकानी गरेपछि शिक्षक महासंघले चरणबद्ध आन्दोलन थाल्याे।

​जसअनुसार चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक/कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। उक्त आन्दोलन २९ दिन अर्थात् वैशाख १७ गतेसम्म चल्यो।

त्यसपछि सरकारलाई दबाब बढ्याे। शिक्षा समितिले चैत ८ गते उक्त दफामाथि छलफल गरेर ‘फाष्ट ट्रयाक’बाट सहमति जुटाउन प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त समितिले चैत १८ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो। समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP