Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१५ असारभित्रै शिक्षा विधेयक पास गर्ने तयारीमा शिक्षा समिति

 

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यही १५ असार भित्रै पास गर्ने तयारी गरेको छ। समितिले दलहरू शिक्षा विधेयकमा सहमति नजिक पुगेको जनाएको छ।

समितिका अनुसार सबै सहमति जुटेको खण्डमा असार १५ सम्ममा शिक्षा विधेयक समितिबाट पास हुने छ। समितिकी सदस्य ईश्वरी घर्तीले आज बस्ने समितिकाे बैठकले यसबारे टुंगो लगाउने जानकारी दिइन्।

‘कति गते विधेयक पास गर्ने भन्नेमा आज बस्ने समिति बैठकमा थाहा हुन्छ,’उनले भनिन्। शिक्षा समितिको बैठक आज(बिहिबार) दिउँसो २ बजे बस्ने कार्यसूची छ।

सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए। त्यसैले पनि असार १५ भित्र जारी गर्नुपर्ने दबाब सरकार र समितिलाई छ।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP