Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इजरायलको पक्षमा खुलेका २८ देशले भने, युद्ध तत्काल रोकौँ

 

इजरायलको पक्षमा खुलेका २८ देशले गाजा युद्ध तत्काल रोक्न आह्वान गरेका छन् । बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड लगायत २८ देशले गाजा शहरका नागरिक दुःखको नयाँ गहिराइमा पुगेको भन्दै युद्ध तत्काल रोक्न आह्वान गरेका हुन् ।

उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै गाजामा बढ्दो आक्रमण र चर्को भोकमरीलाई अत्यापूर्ण हत्याको संज्ञा दिएका छन्। गाजामा खाना र पानीको अभावमा बालबालिकाको मृत्यु भइरहेको उनीहरूको भनाइ छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली गोलाबारीमा एकै दिन १०० भन्दा बढीको मृत्यु भएको छ भने कुपोषणबाट १९ जनाको मृत्यु भएको छ।

साथै इजरायलले गरेको जबरजस्ती स्थानान्तरणको पनि विरोध गरिएको छ। गाजामा रहेका २१ लाख मानिसलाई इजरायलले विभिन्न ठाउँमा चेतावनी जारी गर्दै जबरजस्ती हटाउने काम गरिरहेको छ। संयुक्त राष्ट्र संघले इजरायलको यो कदमलाई मानवता विरोधी कार्यभन्दै आलोचना गर्दै आएको छ । बेलायतका विदेशमन्त्री डेविड लाम्मीले गाजामा अत्यन्त दुःखद स्थिति रहेको भन्दै, ४० मिलियन पाउण्डको मानवीय सहायता थप्ने घोषणा गरेका छन्।

संयुक्त राष्ट्र संघले गाजामा खाद्यान्नको अभावले नयाँ स्तरको त्रास सिर्जना गरेको बताएको छ। गाजामा ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP