Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

शिक्षा मन्त्रालयको बजेट : तालिम र विभिन्न दिवस मनाउन बजेटको बाढी

 

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सबै भन्दा बढी विभिन्न तालिम र दिवस मनाउनमा बजेट विनियोजन गरेको पाइएको छ। सरकारले आर्थिक वर्ष २०८२।८३ मा शिक्षा मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ।

उक्त बजेट शिक्षा मन्त्रालयले बाँडफाँट गर्दा बढी तालिम र विभिन्न दिवस मनाउन बढी बजेट छुट्याइएको पाइएको हो। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ मा संघबाट कार्यान्वयन हुने निकायगत प्रमुख कार्यक्रमहरू र बजेटमा पुस्तकालय दिवस कार्यक्रम सञ्चालनका लागि ४ लाख ५ हजार बजेट छुट्याइएको छ।

राष्ट्रिय योग दिवस समारोह व्यवस्थापन (पूर्व तयारी तथा कार्यक्रम सञ्चालन समेत)को नाममा ४ लाख ५ हजार छुट्याइएको छ। राष्ट्रिय शिक्षा दिवस समारोह व्यवस्थापन (पूर्व तयारी,पदक तथा प्रमाणपत्रसहित) ४५ लाख, राष्ट्रिय विज्ञान दिवस ५ लाख ४ हजार छुट्याइएको छ। त्यसैगरी अन्ताराष्ट्रिय साक्षरता दिवस समारोह व्यवस्थापनको नाममा ९ लाख छुट्याइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षा तथा साक्षरता दिवसका लागि ६८ लाख ४० हजार छुट्याइएको छ। विज्ञान अवधारणा प्रवर्द्धन तथा विज्ञान लेखन तालिमका लागि १० लाख ८ हजार,विद्यालय पुस्तकालय सञ्चालन तथा व्यवस्थापन तालिमको लागि २८ लाख छुट्याइएको छ। अपाङ्गताको प्रारम्भिक पहिचानको लागि स्थानीय तहको क्षमता विकास तालिमको नाममा ५९ लाख ८२ हजार छुट्याइएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गुणस्तर सुनिश्चितता सम्बन्धी तालिम सञ्चालनमा २४ लाख,स्तर निर्धारण मूल्यांकनकर्ता तालिम सञ्चालन २० लाख छुट्याइएको छ।

त्यसैगरी रेडियोधर्मी स्रोत तथा सो सम्बन्धी अभ्यास, क्रियाकलाप र संयन्त्रमा आवश्यक विकिरण सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्न ९ लाख २६ हजार छुट्याएको छ। नेपालको उच्च शिक्षामा(टिएनइ)को अभ्यास सुधारका लागि नीतिगत छलफल तथा अन्तरसंवादका लागि ७ लाख २ हजार रकम छुट्याइएको छ।

शिक्षा मन्त्रालयको बजेट तालिम,गोष्ठी र भ्रमणमा पनि बढी केन्द्रित छ। वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयको कार्यक्रम अनुगमन भ्रमण गर्न ३ लाख ७७ हजार बजेट विनियोजन भएको छ। त्यस्तै,शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सञ्चालित कार्यक्रमहरूको अनुगमन गर्न १२ लाख छुट्याइएको छ।

माइक्रो बस भाडा र इलेक्ट्रिक बाइक/स्कुटर खरिदमा बजेट

शिक्षा मन्त्रालयले माइक्रो बस भाडा र इलेक्ट्रिक बाइक/स्कुटर खरिद गर्न समेत बजेट विनियोजन गरेको छ। शिक्षा मन्त्रालयको आवको नीति तथा कार्यक्रम र बजेटमा इलेक्ट्रिक बाइक/स्कुटर खरिद गर्न १४ लाख ९५ हजार विनियोजन गरिएको उल्लेख छ। यसैगरी मन्त्रालयले माइक्रो बस भाडाको नाममा २४ लाख बजेट विनियोजन गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र नियमित पत्रकार भेटघाट(प्रेस किल्पिङसमेत) १० लाख बजेट छुट्याइएको छ। भर्ना अभियान सञ्चालन सहजीकरणका लागि १० लाख, समसामयिक शैक्षिक मुद्दामा अनुसन्धान गर्ने नाममा १४ लाख २५ हजार, कार्यक्रम अनुगमन भ्रमण ३ लाख ७७ हजार बजेट छुट्याइएको छ। बूढानीलकण्ठ स्कूललाई अडिटोरियम हल निर्माणको लागि ३ लाख अनुदान दिइएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP