Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

 

 

गण्डकी : नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन्। उनले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतारेका हुन्।

बहुविविधताले सजिएको नेपाल आफैँमा सम्भावना बोकेको क्षेत्र भए पनि यसको उजागर गर्न नसकिएको वास्तविकतालाई दृष्टिगत गर्दै कलाका माध्यमबाट यसको गरिमा र महिमालाई उँचो बनाउन तत्तत् ठाउँमा पुगेर कला सिर्जना गर्ने महाअभियानका साथ ऋषि गुम्बा समेटिएको उनले जानकारी दिए। देशका विभिन्न स्थानका सौन्दर्यतालाई कलामा उतार्दै नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले बताए।

ठकुरीले हालसम्म ७७ जिल्लाका झण्डै १५० बढी ऐतिहासिक सम्पदास्थललाई क्यानभासमा उतारेका छन्। नेपाल कलायात्रा पुस्तक विश्वको सबै भाषामा प्रकाशन गर्ने लक्ष्य उनको छ।

“यो पुस्तक हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा सोही देशको मातृभाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने योजना छ”, उनी भन्छन्, “यी पुस्तकको स्वअध्ययन गरेर नेपाल घुुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या वृद्धि भइ त्यसबाट नेपालको पर्यटन फस्टाउने र आर्थिक समुन्नतितर्फ जाने विश्वास लिएको छु।”

ठकुरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्र्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिष्ट सङ्घ, केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौँ पटक सम्मानित भइसकेका छन्। कला विषयमा स्नातकोत्तर गरेका उनले १२औँ पटकसम्म एकल कला प्रदर्शनी गरेका छन्।

यस महाअभियानमार्फत नेपाल कला यात्रा पुस्तक प्रकाशनार्थ स्वेच्छिक रुपमा जनही रु एक सय एवं सोभन्दा बढी सहयोग गर्नेहरू रहेका जानकारी दिए। सहयोगदाताहरू नेपाल कला यात्रा पुस्तकको प्रकाशकका रुपमा रहने बताउँदै उनले हालसम्म रु एक लाख ६० हजारभन्दा बढी सहयोग सङ्कलन भइसकेको जानकारी पनि दिए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP