Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

दाङ, २५ साउन।

दाङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार साँझ साढे ७ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–१८, दूधारास नजिकै ठोक्किँदा दुर्घटना भएको हो।

 

दुर्घटनामा लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५, लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चौधरीको दाहिने खुट्टा भाँचिएको र टाउकोमा गहिरो चोट लागेको थियो। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा राति साढे ९ बजे उनको मृत्यु भएको हो।

त्यस्तै, लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ वर्षीय नवराज पौडेल घाइते भएका छन्। उनको दुबै हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार १८ वर्षीय रोशन पण्डित पनि घाइते भएका छन्। बारा, विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बसोबास गर्दै आएका पण्डितको दुबै हातखुट्टा, टाउको र मुखमा चोट लागेको छ।

घाइते पौडेल र पण्डितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुवै सवारीसाधन अस्थायी प्रहरी चौकी बेलझुण्डीको नियन्त्रणमा रहेका छन् भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP