Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार

 

काठमाडौं : अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ।

अघिल्ला दुई खेलमा पराजित भएको नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। डार्बिनमा मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।

नेपालका ओपनर आशिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले। कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । यस्तै कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन्।

त्यस अघि अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए।

नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए। त्यस्तै शहबाज आलमले १ विकेट लिए।

नेपाल यसअघि एनटी स्ट्राइक्स र बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले अर्को भोलि होबर्ट हुरिक्यान्ससँग, बुधबार मेलवर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ।

यी खेलपछि शीर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने छन्।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी छन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP