Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदै

 

काठमाडौं : हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ।

आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार यसबारे थुप्रै छलफहरु समेत हुनेछन्।

आजै दिउँसो सभामुख देवराज घिमिरेले समेत सम्बोधन गर्ने तयारी भइरहेको छ। त्यसलगत्तै बैठक सकाउने तयारी भइरहेको छ। हिन्दकुश हिमालय क्षेत्रमा रहेक सातवटै देशहरुले भोगिरहेका जलवायु परिवर्तका समस्या साझा हुन् भन्ने धारणा बनाउने प्रयत्न यो बैठकले गर्नेछ।

जलवायु परिवर्तन, मानव, जनावर र वोटविरुवाबीचको अन्र्तविरोध तथा प्रदूषणका समस्यालाई हिन्दकुश क्षेत्रका साझा समस्याको रुपमा विश्व मञ्चमा लैजान सबै देशले प्रतिवद्धता गर्नेछन्।

यी समस्याबारे दबाब दिन एक छुट्टै संयन्त्र बनाउने र यस्तो बैठकलाई निरन्तरता दिई थप छलफल गर्नेबारे समेत कुराकानी भइरहेको जोशीले बताए। हिजोको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस सम्झौताका प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै यो बैठक साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोगमा हिजो सुरु भएको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देश नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता छ ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP