काठमाडौं : अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन्।
अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका हुन्। बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे। उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए। उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे।
बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ। उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया