Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कांग्रेसको गुटबन्दी अन्त्य गर्न सभापतिमा उठ्छु : शशांक कोइराला

 

सिरहा : नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डाक्टर शशांक कोइरालाले १५औं महाधिवेशन आफू कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न सभापतिमा उठ्ने बताएका छन्।

शुक्रबार कांग्रेस जिल्ला पार्टी कार्यालय धनुषामा नेता कार्यकर्ता भेटघाट गर्दै उनले गुटबन्दीले कांग्रेसको अवस्था दिनदिनै बिग्रिँदै गएकाले त्यसलाई आफूबाहेक कोहीले अन्त्य गर्न नसक्ने दाबी गरे।​

‘अहिले म देशभरि नेता कार्यकर्ता भेटिरहेको छु। गठबन्धनले गर्दा कांग्रेसका धेरै नेता(कार्यकर्ताहरू अवसरबाट वञ्चित हुनु परेको छ’, उनले भने, ‘म गठबन्धनको घोर विरोधी मान्छे हुँ। बैशाखी चाहिन्छ भने पार्टी किन चलाउनु हुन्छ? आफैं हिंड्नुपर्छ। कांग्रेसलाई एकजुट पार्नुपर्छ। बलियो बनाउनुपर्छ। टिकट एक जनाले पाउँछ सबै हराउन भिड्छ अनि हारि हाल्छ नि। म सभापति भएपछि यस्तो अवस्था हुँदैन।’ प्रभावशाली नेताहरू बसेर टिकट नबाँडेर विकेन्द्रीकरण गरी वडा, पालिका, क्षेत्र र जिल्ला सभापतिहरूको सल्लाहअनुसार टिकट दिनुपर्ने उनले बताए।

कांग्रेसका भातृ संघहरू अस्तव्यस्त भएको र क्रियाशिल सदस्यता वितरण सही तरिकाले नभएको उनले सुनाए। कतिपय वडामा क्रियाशील जति भोट चुनावमा नआएको उनको भनाइ छ।

कांग्रेसको विधानमा निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए। ‘वडा इकाइदेखि केन्द्रीय तहसम्म एउटै सभापति पदमा मात्रै निर्वाचन हुनुपर्छ। सबै पदमा निर्वाचन गराउँदा गुटबन्दी बढ्छ। जसले गर्दा आम चुनावमा अन्तर्घात हुने गरेको छ’, उनले भने, ‘एउटै सभापति पदमा चुनाव हुनुपर्छ। काम गर्न नसकेपछि फेर्नुपर्छ।’ सबै कुरा विधानमै लेखेर नभई व्यवहारमा देखाउनुपर्ने उनको कथन छ। एसियामै पहिलो महिला मन्त्री बनाएर बीपी कोइरालाले उदाहरण दिइसकेको उनले बताए।​

‘मधेसमा कांग्रेस बलियो हुन्छ, तब सरकार ठीक रहन्छ। मधेसमा विभिन्न दलहरू आएको छ। कांग्रेस छिनभिन भएको छ। स्खलित भएको छ। मधेसमा हामी किन फोकस गर्न सकेनौं। मलाई छक्क लाग्छ। आउने दिनमा मेरो फोकस मधेसमा हुन्छ। मधेस नै हो कांग्रेस जग यहीँबाट उत्पति भएको हो। बीपी कोइरालादेखि धेरै नेता मधेसकै हो। हामी कहिले पनि मधेसलाई उपेक्षित गर्नु हुँदैन। मधेसमा बलियो भएपछि कांग्रेसको जग बलियो हुन्छ’, उनले भने।

स्थानीय नेता-कार्यकर्ताले अधिवेशन कहिले हुन्छ? भनेर प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उनले आफूले पनि सभापति शेरबहादुर देउवालाई यही प्रश्न सोधेको बताए। ‘मैले चुनावको एक वर्ष अगाडि अधिवेशन गरौं भने त्यो त अब सम्भव छैन। त्यसपछि तपाईँ प्रधानमन्त्री भएर गर्नुस् भनेपछि देउवाजी त्यसमा सहमत हुनुभयो। तर, उहाँलाई प्रधानमन्त्री ओलीजीले बन्न दिन्छ कि दिँदैन। मेरो सभापतिले भनेपछि मैला विश्वास गरेको छु,’ उनले भने।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP