Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हारबाट जोगियो बार्सिलोना

  काठमाडौं : स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ। साविक च्याम्पियन बार्सिलोना लेभान्टेसँग २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित हासिल गर्न सफल भयो। म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कुस र्यासफोर्डले पहिलो पटक स्टार्टिङ ११ बाट मैदानमा उत्रिएपनि उनलाई पहिलो हाफ सकिएपछि सब्सटिच्युट गर्नु परेको थियो। पहिलो हाफमा कमजोर बनेको बार्सिलोनाविरुद्ध १५औं मिनेटमा इभान रोमेरोले गोल गर्दै लेभान्तेलाई अग्रता दिलाए। त्यसपछि टोरेसको प्रहार क्रसबारमा लाग्दा बराबरीको मौकाबाट बार्सिलोना चुक्यो। तर बार्सिलोनाविरुद्ध घरेलु टोलीले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनायो। उसले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो। एलेजान्ड्रो हर्नान्डेजले भिएआरको सहयोगमा पाएको पेनाल्टीलाई सदुपयोग गरेका थिए। दोस्रो हाफमा खेलमा फर्किएको बार्सिलोनाले ४९ औं मिनेटमा पेड्रीले करिब २५ यार्ड टाढाबाट गरेको शानदार प्रहार गोलमा परिणत हुँदा खेल १–२ को अवस्थामा पुगेको थियो। लगतै राफिन्हाको असिस्टमा टोरेसले ५२ औं मिनेटमा खेललाई बराबरीमा ल्याए। खेल बराबरीमै सकिन उन्मुख रहँदा इन्जुरी समयमा लामिन यामलको उत्कृष्ट क्रसलाई लेभान्तेका उनाइ एल्गेजाबालले जोगाउने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा बार्सिलोनाले ३–२ को जित हासिल गर्यो। ला–लिगाका पोशाक नियमअनुसार यो खेलमा बार्सिलोनाले गत सिजनको अवे जर्सी लगाएको थियो। किनकि यो सिजनका लागि तय भएका तीनवटै किट र लेभान्तेको होम जर्सीबीच पर्याप्त रंग भिन्नता नभएको ठहर पछि बार्सीलोनालाइ गत सिजनको अवे जर्सी लगाउन भनिएको थियो। त्यस्तै अन्य खेलमा एट्लेटिको म्याड्रिड एल्चिसँग १–१ गोलको बराबरीमा रोकियो। त्यस्तै मालार्को र सेल्टाभिगोले पनि १–१ गोलको बराबरी खेले। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP