Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगर मेयर शाह: नयाँ प्रावधानले पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव

कपिलवस्तु – नेपाल राष्ट्र बैंकले भारतीय नागरिकलाई नेपाल भ्रमणका क्रममा पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ ल्याउन अनुमति दिएको छ। यसअघि मात्र २५ हजार भारतीय रूपैयाँ ल्याउन पाउने व्यवस्था रहँदा व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन सक्ने व्यवस्था गरेको थियो। सो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले भदौ १० गते सार्वजनिक सूचना जारी गरेको हो।

कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहका अनुसार, नयाँ प्रावधानले नेपालमा पर्यटक संख्यामा वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ। उधोग वाणिज्य संघ कृष्णनगरका वरिष्ठ उपाध्यक्ष नसरूल्ला खानले पनि भारतीय पर्यटकलाई भन्सार घोषणा नगरी पाँच हजार डलर बराबरको रूपैयाँ ल्याउन पाउने सुविधा पर्यटन व्यवसायका लागि राहतस्वरूप रहेको बताए।

कपिलवस्तुमा सुविधा सम्पन्न लुम्बिनी ग्रिन रिसोर्टसहित ४५ भन्दा बढी होटलहरू सञ्चालनमा छन्। तर, पर्यटकको बसाइँ लम्ब्याउन अझै चुनौती रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले जनाएका छन्। उनका अनुसार, यहाँको पर्यटन मुख्यतः आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै भरमा टिकिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP